Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाढी-पहिरो पीडितको उद्धार र राहतका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सांसदहरुको माग


काठमाडौं, ३ असार । शुक्रबारदेखिको अविरल वर्षपछि आएको बाढी–पहिरोका कारण यतिबेला पूर्वीपहाडी भूभाग शोकमा छ । संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा आएको बाढी–पहिरोले गरेको जनधनको क्षतिबारे संसदमा कुरा उठेको छ ।

सांसद दीपक खड्काले पीडितको उद्धार र राहतका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए । ‘संखुवासभा, तेह्रथुङ, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडी क्षेत्रमा गएको बाढी–पहिरोले ठूलो धनजनको क्षति भएको छ । खास गरेर संखुवासभाको सुपरहेभी हाइड्रोमा कार्यरत १६ जना कामदार बेपत्ता भएका छन् । सुरक्षाकर्मीहरू उद्धारकार्यमा पगिसकेका छैनन्,’ खड्काले भने, ‘सरकारले छिटोभन्दा छिटो उद्धार र राहत कार्य पुर्याओस् ।’

सांसद योगेश भट्टराईले पनि पीडितको उद्धार र राहत कार्यमा जुट्न सरकारसँग अपिल गरेका छन् ।

शुक्रबारदेखि को वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत जिल्लामा ठूलो असर गरेको छ । बाढी, पहिरोमा अहिलेसम्म २५ जना बेपत्ता छन्। एक जनाको शव फेला परिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी, पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।

बाढी, पहिरोका कारण सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा २६ जना बेपत्ता

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #flood, #landslide

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट