Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सांसद विश्वप्रकाश शर्माको माग


काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग आग्रह गरेका हुन्।

शर्माले जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन र समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन पनि आग्रह गरे। अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गनुपर्ने उनको माग थियो।


क्याटेगोरी : संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट