Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हामी पनि संसद्‌मा टिस्टा र कांगडासहितको नक्सा राखौँः रघुजी पन्त


काठमाडौं, २६ जेठ । एमाले सांसद रघुजी पन्तले भारतले आफ्नो संसद्‌मा राखेको विवादित नक्सा नहटेसम्म नेपालले पनि टिस्टा र कांगडासहितको नक्सा राख्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसद‌मा राख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना, टिस्टा र कांगडा सामेल गरेको नक्सालाई भारतले आफ्नो नक्सा नहटाएसम्म हामीले पनि राख्दा के हुन्छ ?,’ उनले भने ।

भारतीय विदेश मन्त्रीले पत्रकार सम्मेलन गरेर नेपालले भारतले नेपालका भूभाग समेटेर बनाएको नक्सामा नेपालले चित्त बुझाएको प्रतिक्रिया दिएको भन्दै सांसद पन्तले प्रश्न उठाए ।

‘हाम्रो प्रधानमन्त्रीले भारत भ्रमणमा मैले नक्साको कुरा उठाएँ भन्नुभयो,’ उनले भने, ‘तर हिजो भारतका विदेशमन्त्रीले पत्रकार सम्मेलन गर्दै प्रष्ट भन्नुभयो–‘नक्सामा बंगलादेशले पनि कुरा उठायो । पाकिस्तानले पनि कुरा उठायो । नेपालले पनि कुरा उठायो । तर हाम्रो मित्र देश नेपालले पनि चित्त बुझाइसक्यो ।’ के नेपालले चित्त बुझाएको हो ?’


क्याटेगोरी : संसद
ट्याग : #raghu ji panta

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट