Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा, उनको भनाई रेकर्डबाट हटाउन माओवादी सांसद माधव सापकोटाको माग


काठमाडौं, २८ जेठ । राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

“प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ,” संसद बैठकमा शाहीले भने, “३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्डको हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन ।”

शाहीको भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीविरुद्ध नियोजितरुपमा गैरराजनीतिक तरिकाले लागिरहेको भन्दै उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए ।

 


क्याटेगोरी : संसद
ट्याग : #gyanendra shahi, #madhav sapkota, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट