Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाल्पामा ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते


पाल्पा, १ चैत । जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएकी छिन् । बुधबार बिहान बराङ्दीका ज्योतिनाथ घिमिरेको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा पम्फा घिमिरे घाइते भएकी हुन् ।

खाना पकाउने क्रममा सिलिण्डर एक्कसी पड्किएर नजिकै रहेकी पम्फा घाइते भएको स्थानीय बासिन्दा दयाराज न्यौपानेले जानकारी दिए । उनका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । सिण्डिर पड्किँदा घरमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दाको सहयोगमा घरमा आगलागी हुनबाट भने जोगिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट