Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सर्लाहीको लालबन्दीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद


सर्लाही, ५ बैशाख । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिए ।

ती नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रहरीले नक्कली नोट बनाएर फाल्ने व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ । सर्लाहीमा पछिल्लो समय नक्कली नोटको कारोबारी सक्रिय भइरहेका छन् ।

प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित यसको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारबाही समेत चलाइरहेको छ । लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर कार्की (गोपाल)ले मङ्गलबार बिहान नक्कली नोट फेला परेको स्थानमा आफू पनि पुगेको र स्थानीय तथा व्यापारीलाई नक्कली नोटको कारोबारीबाट सचेत रहन आग्रह गरिएको बताए ।

 


क्याटेगोरी : अर्थ, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट