Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फुटवेयर विजनेस एक्सपोमा १२ सयभन्दा बढि मोडेलका नेपाली जुत्ता, चप्पल


काठमाडौं, ४ असार । विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ भृकुटीमण्डपमा असारभरी चल्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’मा प्रदर्शनीमा रहेका विभिन्न नेपाली जुत्ता तथा चप्पलहरूको बारेमा जानकारी दिइएको हो ।

एक्सपोका सञ्चालहरूले अधिकांश साना तथा घरेलु उद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म नेपाली उत्पादनका जुत्ता भनेपछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल भएको दाबी गरेका छन्।

ती उद्योगहरूले अहिले उत्साहबद्र्धक स्थिति रहेको र यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुका उद्योगहरु ‘सबैका लागि एक र एकका लागि सबैका’े अवधारणाबाट फुटवेयर उद्योगीहरू संगठित भएको आयोजकहरुको दाबी छ ।

उद्योगहरूले आफ्ना उत्पादनलाई नेपाली ब्राण्डको प्रयोग गरि ‘स्वदेशी उद्योगको सम्मान तथा राष्ट्रसम्बृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ प्रवद्र्धन गरिरहेको र यसमा सफलता पनि हाँसिल भइरहेको दाबी छ।

वर्तमान अवस्थामा जुत्ता, चप्पल तथा छालाजन्य बस्तु उत्पादन उद्योगले विगत तीन वर्षदेखि कोभिडको महामारीले आक्रान्त बनाएको आर्थिक क्रियाकलापमा थप रसिया र युक्रेनको युद्धको कारणले कच्चा पदार्थको लागत बढेको, बैंकको ब्याजदर एकल अंकबाट १४÷१५ प्रतिशत बनाएको, भन्सार नतिरि दक्षिणी नाकाबाट सामान संगठित तस्करी भएको सामान नेपालमा आउनु, श्रम शक्तिको अभाव हुनु वित्तिय क्षेत्रमा तरलता अभाव, कर्जा पाउन कठिन हुनु, व्यापार प्रवर्द्धन र बजारीकरणलगायतका काममा फुटवेयर क्षेत्रलाई आर्थिक, प्राविधिक सहयोग प्राप्त नहुनु जस्ता असहजताको बाबजुद हालपनि जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुमा भने अझै जीवन्त उत्साह र दह्रो आत्मविश्वास भएको एक्सपोले दाबी गरेको छ।

देशको व्यापार घाटा चुलिएर अहिलेको चरम संकटको अवस्थामा समेत उद्योगीको पहलमा नेपाली जुत्ता, चप्पल उद्योगहरुले नेपाली औद्योगिक उत्पादनहरु जारी राखी वस्तुहरुको उत्पादकत्व अभिबृद्धि गरी जुत्ता, चप्पलको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गर्नेतर्फ अग्रसर भईरहेको एक्स्पो सञ्चालक कम्पनीहरूले दाबी गरेका छन्।

एक्सपोका सञ्चालक कम्पनीहरूका अनुसार नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्र लगायत वर्तमान समयमा आईपरेका अप्ठयारा अवस्थामा पनि जीवन्त भन्ने सन्देश दिन सकेको र तिनले आफ्ना उत्पादनलाई यथाशक्य निरन्तरता पनि दिईरहेको दाबी गरेको छ।

 


क्याटेगोरी : कर्पोरेट
ट्याग : #foot wear expo

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट