Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, १ असार । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढाएर पठाएको छ।

भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।

हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी ग्यास प्रति सिलिण्डर १८ सय रूपैयाँ छ।

नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर यहाँ बिक्री वितरण गर्छ। आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।


क्याटेगोरी : कर्पोरेट

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट