Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नाडाको इकाइ गठन


काठमाडौ, २९ जेठ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘सीप तथा क्षमता विकास इकाइ’ गठन गरेको छ । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय इकाइ गठन गरेको हो ।

अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्देश्यले समिति गठन गरेको नाडाले जनाएको छ ।

नाडाले विद्युतीय सवारीसाधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा जेठ २४ र २५ गते दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारीसाधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा सातजना प्राविधिज्ञहरु सहभागी भएका थिए ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #nada

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट