Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वाचा बिर्सेर सडक खाली गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन


काठमाण्डौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै वाचा बिर्सेर सडक खाली गराएर आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनी बिहान दर्शन तथा पूजाका लागि पशुपतिनाथ पुग्दा र त्यहाँबाट वीपीको शालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गरिएको थियो ।

सडक खाली गर्दै ट्राफिक प्रहरीले रोकेपछि जाममा फसेका नागरिकले असन्तुष्टि जनाएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेतिर दर्शनका लागि पशुपतिनाथ पुगेका थिए । उनले त्यहाँ झण्डै डेढ घण्टा पूजा गरेका थिए । पशुपतिको दर्शनपछि साढे १० बजेतिर सुन्दरीजल गए । त्यहाँ उनले वीपी कोइरालाको शालिकमा माल्यार्पण गरे ।

पौडेलको सवारीका लागि बायाँ लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो । राष्ट्रपतिको चुनाव हुँदै गर्दा हिजो उनले राष्ट्रपतिमा निर्वाचित भए आफूले नागरिकलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने वाचा गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट