Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौको आरआर क्याम्पसमा विद्यार्थीको खुकुरी आतङ्क


काठमाडौं, २७ फागुन । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ता शनिबार चल्दैछ। तर धेरै ठाउँमा विभिन्न घटनाहरु भइरहेका छन्।

यसैबीच काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले खुकुरी आतंक मच्चाएका छन्। मतदाता नामावलीमा आफ्ना ४७ जना विद्यार्थीको नाम नआएको भन्दै उनीहरुले निर्वाचन अधिकृतको कार्यकक्षभित्रै खुकुरी देखाउँदै धम्की दिएका हुन् ।

समाजवादीको अनेरास्ववियूका नेता मनोज चन्द लगायतले खुकुरी देखाउँद आफ्ना विद्यार्थीको नामावली ननिकालिएको भन्दै धम्की दिएका हुन्।

त्यसपछि उनीहरुलाई प्रहरी बोलाएर नियन्त्रणमा लिइएको छ। मतदाता सूचीमा फर्जी विद्यार्थीहरुको नामावली नपरेपछि एसका विद्यार्थीले खुकुरीसहित आतंक मच्चाएको नेविसंघका नेता विनोदराज जोशीले बताए।

यता अहिले निर्वाचन अधिकृतमा रुपमा विनोदकुमार योञ्जन रहेका छन्। उनी आरआर क्याम्पसका पूर्व स्ववियू सभापतिसमेत हुन्। एसका विद्यार्थी नेताहरुले खुकुरीसहित निर्वाचन अधिकृतको कार्यकक्षमा पुगेर योञ्जनलाई धम्क्याएका हुन्।

एमाले निकट अनेरास्ववियुका आरआर क्याम्पस संयोजक लोकेश खड्काले पनि कागजात नै नपुगेका विद्यार्थीको मतदाता सूचीमा नाम प्रकाशित नभएपछि खुकुरी देखाउँदै धम्क्याएको जानकारी दिए।

समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आरआर क्याम्पसमा खुकुरी बोकेर जाँदा पक्राउ परेका मनोज चन्द आफ्नो कार्यकर्ता भएको स्वीकार गरेका छन्। तर उनले खुकुरी नभई रिबन काट्ने कैंची भएको बताएका छन्। सार्वजनिक तस्बिर भिडियोहरुमा भने चन्दले खुकुरी बोकेको प्रस्ट देखिन्छ।

आजै मनोनयन दर्ता भए पनि समाजवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। उक्त तालाबन्दीमा गठबन्धनमा आबद्ध सबै विद्यार्थी संगठनहरुले ऐक्यबद्धता जनाएका छन्।

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा तालाबन्दी


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट