Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बिजुली गाडी प्रयोग गर्न कुलमान घिसिङको आह्वान


काठमाण्डौं, २९ फागुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

सोमवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् । उनले बिजुलीमा गरिएको लगानी सँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले त्यहीअनुरूप बिजुली गाडीहरू आइरहेका बताए । उनले पेट्रोल तथा डिजलबाट चल्ने गाडीहरूभन्दा बिजुलीबाट चल्ने गाडी कैयौँ गुणा सस्तो पर्ने बताए ।

घिसिङले बिजुलीको गाडीको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै बिजुली गाडी प्रयोग गर्नुको फाइदामात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले बिजुली गाडी नै उपयुक्त भएको उनले बताए ।

उनले भने ‘बिजुलीको खपत बढाउने कार्ययोजनाअन्तर्गत बिजुली गाडीहरू आइरहेको छ, त्यसका लागि सबैलाई बिजुली गाडी प्रयोग गरिदिनुहुन आह्वान गर्छु । बिजुली गाडीको फाइदामात्रै छ । बिजुली स्कुटरमा प्रतिकिलोमिटर २५ पैसादेखि ३० पैसा खर्च लाग्छ । जबकि पेट्रोल, डिजलबाट चल्ने स्कुटरमा प्रतिकिलोमिटर १०र१२ रुपैयाँ खर्च हुन्छ । त्यस्तै बिजुली गाडीमा प्रतिकिलोमिटर खर्च एक रुपैयाँभन्दा कम छ, ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकि पेट्रोल, डिजलबाट चल्ने गाडीमा प्रतिकिलोमिटर १५र२० रुपैयाँ खर्च पर्छ । बिजुली गाडीमा मर्मत खर्च पनि निकै कम हुन्छ । बिजुली गाडीको प्रयोगले प्रदूषण पनि घट्छ । आउँदा दिनमा सबैले बिजुली गाडी प्रयोग गरौँ ।’

कार्यकारी निर्देशक घिसिङले नेपालमा बर्खायाममा पर्याप्त बिजुली रहेको भन्दै आउँदो दुई वर्षभित्रमा हिउँदयाममा पनि बिजुली पुग्ने स्थिति हुने बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट