Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै छैन : मन्त्री किराती


काठमाडौं, ४ फागुन । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किराँतीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गरेका हुन्।

उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणासमेत गरे। रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने उनको भनाइ थियो। मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए।

उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए। मन्त्री किराँतीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौँ। हाम्रो संस्कृति नीति बनाउनै सकेनौँ। सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो। चाईनिज कल्चर सेन्टरसँग नेपालमा। स्पेनिस कल्चर सेन्टर छ नेपालमा। ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा। तर नेपालको त केही पनि छैन। ऊसको चाहिँ यहाँ पनि छ। हाम्रो चाँही केही पनि छैन। संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैंरु हामी लोप नभएर को लोप हुन्छ अव। भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौँ।ु

मन्त्री किराँतीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए।

उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्‍याए।


क्याटेगोरी : पर्यटन, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट