Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नुवाकोटमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु


नुवाकोट, १७ चैत । नुवाकोटमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दुप्श्वचेर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटासुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

११ जना सवार सुमो खोलामा खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

मृत्यु हुनेमा दुप्श्वचेर गाउँपालिका–४ का १६ वर्षीया मनमाया तामाङ र २५ वर्षीया छिरिङ तामाङ छन्। दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइतेहरूलाई तादी गाउँपालिकास्थित खरानीटार अस्पतालमा प्राथमिक उपचारका लागि राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

खरानीटारमा प्राथमिक उपचारपश्ताच घाइतेहरूको अवस्था हेरेर त्रिशुली अथवा काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए। घाइतेमध्ये दुई जनाको अवस्थाा गम्भीर रहेका कारण हेलिकप्टरमार्फत काठमाडौं पठाउन मन्त्रालयसँग समन्वय भइरहेको पनि प्रमुख जिल्ला अधिकारी थापाले बताए।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #accident, #death, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट