Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नुवाकोटको दुप्चेश्वर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्यो


काठमाण्डौं, १८ चैत । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा हिजो भएको दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

घटनास्थलमा दुईजना र उपचारको क्रममा गएराति थप एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनको अनुसार ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको ज्यान गएको हो ।

घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको ज्यान गएको थियो । दुर्घटनामा परेर घाइते भएका १० जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #accident, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट