काठमाडौंको टोखामा सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं, २१ चैत । काठमाडौंको टोखा नगरपालिकामा सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ३ घर भई टोखा बस्ने २१ वर्षीय आषिस तामाङ भन्ने निमा तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका ७ घर भई धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी बृत्त महाराजगन्जमा पठाएको छ। प्रहरीका अनुसार निमाले आषिस तामाङको नामबाट फेसबुक बनाएर पीडितसँग साथी बनेका थिए।
उनीहरुले फागुन ६ गते टोखाको ग्राण्डि अस्पताल नजिकै रहेको गेष्टहाउसमा लगी सामुहिक बलात्कार गरेर फरार भएको भन्दै पीडितले जाहेरी दिएकी थिइन्। चैत २० गते उपत्यका अपराध अनुसन्धान कार्यालयले धापासीबाट पक्राउ गरेको हो।
क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #pakrau
प्रतिक्रिया