Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फुटपाथ मिचेर बनाइएका प्रहरी संरचना हटाउन काठमाडौका मेयर बालेन साहको आग्रह


ठमाण्डौं, २५ चैत । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन् ।

काठमाण्डौ महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले यस्ता संरचना हटाउन आग्रह गरेका हुन् । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै उनले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले यी संरचना प्रहरी आफैले नहटाएमा समतामूलक कानुनको प्रयोगको लागि आफूहरु संरचना हटाउन बाध्य हुने बताए । नगर प्रमुख शाहले सार्वजनिक गरेको प्रहरी बिटहरुमा प्रधानमन्त्री निवास अगाडि बालुवाटार, असन चोक, न्यूरोड पिपलबोट, रातो पुल, बौद्ध प्रहरी वृत्त अगाडि, चुच्चेपाटी, जडीबुटी चोक, सिनामंगल चोक लगायतका ठाउँका रहेका छन् ।

यस्तै उनले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट