Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थाहा नगरपालिकाका वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ


हेटौंडा, १८ वैशाख मकवानपुरको थाहा नगरपालिका ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् ।

सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सोमबार बिहान थाहा नगरपालिका ७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् । इन्द्रबहादुरको घरमा प्रहरीले जाँच गर्दा १७५ किलोग्राम, वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकामा २७ किलो गाँजाको धुलो फेला परेको प्रवक्ता कार्कीले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट