Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्ने अनुमति


काठमाडौं, २१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

नेकपा एमालेका सचिव रायमाझीका छोरा सन्दीपलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले रायमाझीलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । सोही घटनामा संलग्‍न रहेको भन्दै सन्दीपका बुबा टोपबहादुरलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा रायमाझीसहित आठ जना पक्राउ परेका छन्।

नक्कली शरणार्थी प्रकरणः १०६ जनाले दिए उजुरी

 


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट