Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विज्ञापन बोर्डको कार्यालयमा पत्रकारहरुद्वारा तालाबन्दी


काठमाडौं, ९ जेठ । पत्रकारहरूद्वारा विज्ञापन बोर्डको कार्यालयमा तालाबन्दी गरिएको छ।

स्वरोजगारमूलक पत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने निर्णय विरुद्ध नेपाल पत्रकार महासंघको अगुवाईमा बोर्डमा ताला लगाइएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा, नेपाल पत्रकार महासंघ काठमांडौ शाखाका अध्यक्ष सूर्य सुवेदी, साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागका संयोजक रमेश कुमार बोहरा, नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ पौडेल, प्रेस सेन्टर नेपालका केन्दीय अध्यक्ष विष्णु सापकोटा (जुगल), उपाध्यक्ष बिदुर खड्का, पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञान प्रसाद पौडेललगायत विभिन्न संचार संघसंगठनसम्बद्ध प्रतिनिधिसम्बद्ध टोलीले बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंको कार्यकक्षमा तालाबन्दी गरेको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट