Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुलको छात्रावासमा एक विद्यार्थी मृत फेला


काठमाडौं, १७ जेठ । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एकजना विद्यार्थी मृत फेला परेका छन्।

धादिङ घर भएका पाँच कक्षामा पढ्दै गरेका १४ वर्षीय अभिशेक तामाङ मंगलबार राति मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए। उनले भने,’सोह्रखुट्टेको इलिप्स स्कुलको होस्टेलमा कोठाभित्र कराँतेको बेल्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।’

उनी आफ्नो सुत्ने कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट