Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सीटीईभीटीका कर्मचारी चढेको जीप सुनकोसीमा खस्दा तीन जना बेपत्ता


सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ । आज शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको जीप काठमाण्डौबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएको उनले बताए । गाडीमा चढेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको डीएसपी दाहालले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #jeep accident in sunkoshi river

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट