Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवनको क्रिकेट रंगशाला सरकारले जिम्मा लिएर निर्माण सुरु गर्न सांसद पन्तको माग


काठमाडौं, ५ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले खेलाडीसँग अपेक्षा गर्ने तर सरकार उनीहरुका लागि आवश्यक पूर्वाधार बनाउन भने उदासिन रहने गरेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै पन्तले यस्तो बताएका हुन्। गतसाता क्रिकेटको राष्ट्रिय टिमले विश्वकप क्वालिफाएरमा छनोट भएको सन्दर्भलाई उल्लेख गर्दै पन्तले उक्त दाबी गरेका हुन्।

‘त्यो चितवनको स्टेडियम सरकारले तुरुन्तै लिनुपर्‍यो र निर्माण सुरु गर्नुपर्‍यो। टियूको स्टेडियम विस्तार गर्नुपर्‍यो र मुलपानीको बनाउनुपर्‍यो। खेलाडीहरुसँग अपेक्षा गर्ने। जितेको बेला १–२ लाख पुरस्कार घोषणा गर्ने। अघिपछि कानमा तेल हालेर बस्ने,’ पन्तले भने, ‘खेलाडी जन्माउने मुख्य कुरा भनेको स्टेडियमहरु, आधारभूत संरचनाहरु भने छैनन्।’


क्याटेगोरी : खेलकुद, राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट