Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

फिलिपिन्समा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, नेपाली फुटबल टोलि सुरक्षित


काठमाडौं, ३२ जेठ । फिलिपिन्समा बिहीबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी मनिलामा केही रेल सेवा अवरुद्ध भएको रोयटर्सले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर (६.२१ माइल) गहिराइमा समुद्रमा थियो । नजिकैका प्रान्तहरूमा धक्का महसुस गरिएको भूकम्पपछि कुनै हताहत वा ठूलो क्षति नभएको फिलिपिन्सको भूकम्प मापन गर्ने एजेन्सीले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिम हाल मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि फिलिपिन्समा छ । नेपालले आज अपराह्न ४ः४५ बजे रियाज मेमेरोरियल रंगशालामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

नेपाली राष्ट्रिय टिम सुरक्षित रहेको र हालसम्म खेल स्थगित वा रद्द हुने कुरा नआएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, प्रवास, रोजगार, विज्ञान
ट्याग : #bhukampa, #philippines

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट