Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भीषण भूकम्पको मारमा परेका टर्की र सिरियाबाट के सिक्ने ?


झण्डै एक महिना जति अगाडि गएको फेब्रुअरी ६ का दिन उज्यालो नहुँदै कठांग्रिदो चिसो र बरफ वर्षिरहेको जाडोको बेलामा मानिसहरु सुतिरहेको अवस्थामा टर्की र सिरियामा ७.८ म्याग्निच्यूडको भीषण भूकम्पबाट भयंकर ठूलो जनधनको ठूलो क्षति हुन पुग्यो ।

अहिले पनि त्यहाँ साना ठूला एक पछि अर्काे भौकम्पिक पराकम्प आउने क्रम जारी रहेको छ । यो भीषण भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या करी ५२ हजारभन्दा बढी पुगिसकेको छ र यो अझै थपिने क्रममा छ । लाखौँ मानिसहरु यसबाट घाइते बन्न पुगेका छन् । हजारौँ मानिसहरु भूकम्पले भत्काएका घर भवनहरुमा पुरिएको आशंका छ । उद्धार र राहत कार्य त्यहाँ अझै पनि जारी रहेको छ । त्यहाँ पहिला आएको ७.८ रेक्टर स्केलको भूकम्प पछि २४ घण्टा भित्रैमा ७.५, ६ र ४.५ तीब्रता रेक्टर स्केलमा पराकम्पनहरु आएर झनै सन्त्रास थपिए र ज्यान मालको थप क्षति भयो । यो भूकम्पको प्रभाव लेबनान, जोर्डन, इजरायल, मिश्र लगायत वरिपरीका अन्य देशहरुमा पनि महसुश गरिएको थियो ।

जतिबेला कुनै ठूलो भूकम्पले सबै कुरा जर्जर प्रायः हुन पुग्दछ त्यतिबेला स–साना भूकम्पका धक्काहरुले पनि जन धनको ठूलो नोक्सानी या क्षति हुने कारण बन्दछन् । यो अहिलेको भूकम्पलाई टर्कीका लागि शताब्दीकै भीषणतम भूकम्प भएको बताइदैछ । यस अघि टर्कीकाा ३० अक्टोबर २०२० मा पनि ७ म्याग्निच्यूड तीब्रताको भूकम्प गएको थियो । त्यसको झट्का ग्रीससम्म पनि अनुभव गरिएको बताइएको थियो । त्यो भूकम्प एजियन सागमा आएको थियो । टर्कीका तटीय राजयहरुमा त्यसको पनि निकै ठूलो असर परेको थियो । समुद्रमा उच्च लहरहरु उठ्न जाँदा कयौँ इलाका पानी डुब्न पुगेका थिए । ज्ञाताहरु भन्दछन् सागरमा भूकम्प आउँदा यस्ता उच्च लहरहरु पैदा हुने गर्दछन् ।

यस सम्बन्धि बिज्ञहरुका अनुसार भूकम्पबाट बिमुक्त ऊर्जाको मापन १९३५ मा क्यालिफोर्निया इन्स्टीच्यूट अफ टेक्नोलोजीका चाल्र्स रिक्टरद्वारा गणित पद्धतिमा विकसित रिक्टर स्केलबाट निर्धारण गर्ने गरिन्छ । रेक्टर स्केलमा एक वा त्यो भन्दा कम तथा २.९ म्याग्निच्यूडसम्मका भूकम्पलाई सुक्ष्म भूकम्प भन्ने गरिन्छ । ती साना भूकम्पहरुको कम्पन थाहा हुँदैन । तीन देखि ३.९ स्केलका भूकम्पहरु महसुश हुने गर्दछन् र तिनबाट हलुका क्षति पनि हुन सक्तछ । ४ देखि ४.९ स्केलसम्मका हल्का श्रेणीका यस्ता भूकम्पहरुले केही टूट फूट हुने सक्तछ । अनि ५ देखि ५.९ स्केल बीचका भूकम्पहरुले मध्यम या कमजोर निर्माणहरुलाई नोक्सान पुर्याउन सक्तछन् ।

त्यसपछि ६ देखि ६.९ रेक्टर स्केलका भूकम्पहरुले एक सय माइलसम्मको जनसंख्या भएको क्षेत्रलाई नोक्सान पुग्न सक्तछ । यस रेक्टर स्केलको भूकम्पको बर्षेनी आउने विश्व संख्या २० देखि दुई सय सम्म हुने गर्दछन् । ७ देखि ७.९ रेक्टर स्केलसम्मका ठूला भूकम्पहरु वर्षमा ३ देखि २९ पटकसम्म आउने गर्दछन् । तिनले धेरै ठूलो क्षेत्रमा बर्बादी ल्याउँन सक्दछन् ८ देखि ८.९ रेक्टर स्केलको अझ भूकम्पले कयौं सय किलोमिटरसम्म गम्भीर क्षति पुग्न सक्छ । त्यसपछि ९देखि ९.९रेक्टर स्केलको भूकम्पले त कयौं हजार किलोमिटरसम्मको भयंकर बिध्वंश मच्चाउन सक्छ भन्ने भूकम्प अध्येताहहरुको खाज अनुसन्धानको निस्कर्ष छ । सैद्धान्तिकरुपले भूकम्पको रेक्टर स्केलको माथिल्लो कुनै सीमा छैन । तथापि अहिलेसम्म ८.६ म्याग्निच्यूडसम्मको भूकम्प रेकर्ड गरिएको अभिलेख छ ।

भूकम्प अध्येता बिज्ञहरु भन्दछन् – जव सिस्मिक ग्याप या अन्य कारणले कुनै क्षेत्रमा भूगर्भीय ऊर्जा पूर्णरुपले बिमोचित या संचारित हुन पाउँदैन त्यतिबेला पनि भूगर्भीय फल्टहरु र अपभ्रंशहरुबाट लगातार ठूला तथा मध्मय स्तरको भूकम्पहरु आउँदछन् । अहिलेको टर्कीको भूकम्प यस्तै प्रकारको मानिएको छ । यस्तै कारणले नेपाल लगायतको पूरै हिमालयको भूकम्पीय क्षेत्रमा ८ रेक्टर स्केल म्याग्निच्यूडभन्दा बढीको भूकम्पको अनुमान गर्ने गरिएको छ । यस सम्वन्धमा भारतको ५७ प्तिशत भूभाग भूकम्पीय गतिबिधिको सम्भावना रहेको क्षेत्र मानिन्छ । त्यसमा पनि १०.९ प्रतिशत क्षेत्र सर्बाधिक जोखिमयुक्त क्षेत्र भएको पाँचौमा पर्दछ । नेपालको पनि स्थिति योभन्दा भिन्न नरहेको ज्ञाताहरु अनुमान गर्ने गर्दै आएका छन् ।

त्यसैले यस्ता क्षेत्रहरुमा निर्माण कार्यहरु गरिँदा गम्भीर सतर्कता बर्तिनु अत्यावश्यक रहेको औंल्याइन्छ । किनभने भूकम्पलाई रोक्न सकिँदैन तर भवन सडक आदि निर्माणहरु भूकम्पीय जोखिम कम गर्ने किसिमले बनाउन वा रेट्रोफिटिङ्ग गर्ने प्रबिधि लागु गर्न सकेमा त्यसले भूकम्पबाट क्षति नहुने या कम मात्र क्षति हुने तथा धन जनको बचाउ गर्न सकिने स्थिति सिर्जना गर्न सकिन्छ । हुन त पुरै जापान पाँच विश्वका सिस्मिक जोन अर्थात भूकम्पीय क्षेत्रमा पर्दछ । त्यसैले त्यहाँका भवनहरु ७.५ देखि ८ म्याग्निच्यूडको भूकम्पलाई थेग्न सक्ने बनाइन्छ ।

स–साना, साना, मध्यम र ठूलो भूकम्पहरु वर्षेनी लाखौंको संख्यामा आउने गर्दछन् । तर निश्चय पनि तीमध्येमा अधिकांश भूकम्पहरु अत्यन्तै कम शक्तिका हुने हुनाले आम मानिसले त्यसको सामान्य अनुभव पनि गर्न पाउँदैनन् । आज त आधुनिक अति सम्बेदनशील सिस्मोग्राफले हजारौ किलोमिटर टाढा घटित भूकम्पलाई पनि अध्ययन गर्न र दर्ज गर्न सक्छ । यस्तो स्थितिले गर्दा अमेरिकाका एजेन्सीहरले नेपाल, भारत आदि क्षेत्रमा आएका भूकम्पका केन्द्रहरुको गहिराई, स्थान र म्याग्निच्यूड आदिको बिश्वासयुक्त जानकारी उपलब्ध गराउने गर्दछन् । यो आधुनिक बिज्ञानको ठूलो कमाल हो कि अब त शून्य रेक्टर स्केलको भूकम्पको छेउछाउको भूकम्प पनि मापन गर्न र उल्लेख गर्न सकिने भएको छ । तर यी सबै कुराभन्दा बढी उच्च प्राथमिकताको आवश्यकता के रहेको छ भने हामीले बिज्ञान र प्रबिधिको मद्दतले हाम्रा भवन घर लगायतका निर्माणहरु भूकम्प थेग्नसक्ने स्तरका सबल र कम नोक्सानदायक बनाऔं !


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट