Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पाकिस्तानमा इमरानलाई हिरासतमा लिनुमा अमेरिकी खेल


पाकिस्तानमा अहिलेको सरकारलाई अमेरिकाको बलियो समर्थन छ । पाकिस्तानको यो सरकारलाई कतिपयले आयात गरी ल्याइएको सरकार भन्छन् । अहिले पाकिस्तानी राजनीतिमा सबैभन्दा लोकप्रिय राजनीतिज्ञको रूपमा पूर्व प्रधानमन्त्री इमरान खान देखिएका छन् । उनलाई चुनावमा लड्नबाट रोक्नको लागि पक्राउ गर्न खोजिरहेको छ । तर, आन्दोलनकारीले उनको सुरक्षा गरिरहेका छन् ।

सन् २०२२ पाकिस्तानमा उथलपुथलको वर्षको रूपमा वितेको थियो । सन् २०२३ ले हरेक फोहरी चाललाई मात दिने वर्षको रूपमा आउने अपेक्षा त्यहाँका आन्दोलनकारीहरूले गरिरहेका छन् ।

अप्रिल २०२२ मा अमेरिका समर्थकहरूको जोडबलमा निर्वाचित प्रधानमन्त्री इमरान खानलाई सत्ताबाट हटाइएको देखियो । पाकिस्तानले आफ्नो राजनीतिक इतिहासमा एउटा अभूतपूर्व घटना प्रस्तुत ग¥यो । पहिलो पटक, राजनीतिज्ञ क्षेत्रमा आएको एक नागरिक नेतालाई सत्ताबाट हटाइए पनि इतिहासको फोहरमा मिल्काउन सकिएन् । पाकिस्तानका भ्रष्ट नेताहरूको फोहरको थुप्रोमा पूर्व प्रधानमन्त्री इमरान खानलाई मिल्काउन नसकिएको स्थिति पहिलो पटक देखियो ।

यसको विपरीत खानको सुरक्षामा उनका समर्थकहरूको ठूलो भिड खडा भयो । अमेरिकाको सैनिक उच्च कमान्डरहरूको भाडामा रहेका पुराना शासनको विरोधमा उनीहरू उभिएको देखिएको छ । वर्तमान पाकिस्तानी सरकारको अलोकप्रियताले पाकिस्तानका सम्भ्रान्त वर्गहरूलाई झन् निराश बनाएको छ । उनीहरुले पूर्व प्रधानमन्त्री इमरान खानलाई राजनीतिबाट हटाउन चाहेका छन् ।

उनीहरूले हटाउने तरिकाको पहिलोे रोजाइ भनेको हत्या गर्नु हो । तर, उनीहरूबाट चुक भयो । नोभेम्बरमा आयोजित विरोध ¥यालीमा उनलाई मार्न खोजेको एक बन्दुकधारीबाट चुक भयो । छातीको ठाउँमा खुट्टामा गोली लाग्न पुग्यो ।
अब दोस्रो योजना कार्यान्वयन भइरहेको छ । इमरान खानलाई फर्जी आरोपमा गिरफ्तार गरी राजनीतिबाट सदाका लागि अयोग्य बनाउने योजना ।

निर्वाचनको माग गर्दै पूर्वप्रधानमन्त्री खानले लगातार शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । अमेरिकी समर्थक सरकारलाई खान चुनाव सजिलै जित्ने कुरो थाहा छ । त्यसैले उनलाई रोक्न खोजिएको छ ।

ग्यालप पोलले मार्चमा सार्वजनिक गरेको सर्वेक्षणमा ३७% अस्वीकृतिको तुलनामा ६१%ले अनुमोदन गरी पाकिस्तानमा खान अहिलेसम्मकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञको रूपमा स्थापित भएका छन् ।

वर्तमान प्रधानमन्त्री शहबाज शरीफको लोकप्रियता सम्बन्धी अवस्था खानको भन्दा पूर्णरूपमा उल्टो छ । शहबाजलाई ६५ प्रतिशतले खारेज गरेका छन् भने ३२ प्रतिशतले अनुमोदन गरेका छन् । यो सर्वेक्षणमा करिब दुई तिहाई पाकिस्तानीहरूले खानलाई समर्थन गर्छन् ।

खानको हत्या गरिए वा कुनै न कुनै रूपमा गिरफ्तार गरिए वा उनलाई राजनीतिबाट अयोग्य गरिए नयाँ राजनीतिक चेतनाबाट प्रशिक्षित भइरेका पाकिस्तानी समुदायसँग अमेरिकालाई व्यवहार गर्न गाह्रो हुनेछ । उनीहरू अमेरिकाको नियन्त्रणमा भ्रष्टाचार, दण्डहीनता परिचालन हुन नदिने कार्यबाट अमेरिकी नेतृत्वको पश्चिमा शक्ति पाकिस्तानमा छक्क पर्ने देखिएको छ ।

अप्रिल २०२२मा सरकार परिवर्तन गरिएपछि त्यसयता पूर्व प्रधानमन्त्री खानले शान्तिपूर्ण आन्दोलन गरी निर्वाचनको माग गरिररहेका छन् । आन्दोलनको क्रममा उनलाई पक्राउ गर्न पटक पटक प्रयास गरियो तर सकिएको छैन । सुरक्षाकर्मी र खानको बीचमा उनका हजारौं समर्थकहरु उभिने गरेका छन् ।

खान समर्थकको मृत्यु पनि भयो । खानले फेरि मार्च १३ मा पाकिस्तानको मुटु मानिने शहर लाहोरमा ¥यालीको आह्वान गरे । राज्यको सम्पूर्ण सुरक्षा संयन्त्रले उनलाई र उनका समर्थकहरूलाई तारो बनाए पनि लाहोरको जुलुस शहरमा भएका सबैभन्दा ठूलो बन्न पुग्यो ।

खान र प्रदर्शनकारीहरूले शहरको हरेक कुनामा आत्मविश्वासका साथ शान्तिपूर्वक मार्च गरे । उनीहरूलाई रोक्न नसक्ने अवस्था देखियो । जीवनका सबै क्षेत्रका आम पाकिस्तानीहरूले खुशीसाथ उनीहरूलाई स्वागत गरेको देखियो ।
पूर्व प्रधानमन्त्री अडिग थिए । पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तहरूमा प्रदर्शन गर्न प्रतिबद्ध थिए, जसको नेतृत्वमा राष्ट्रिय चुनाव हुनेछन् ।

मार्च १४ मा सरकार कडिकडाउ भयो । प्रहरीले लाहोरमा खानको घर घेरा हालेर पक्राउ गर्ने प्रयास ग¥यो । जवाफमा, हजारौं समर्थकहरूले खानको घरमा भेला भएर उनको सुरक्षा गरे । प्रहरीको कारबाहीमा दर्जनौँ प्रदर्शनकारी घाइते भए ।

आफ्नो घरबाट, खानले भिडियो मार्फत प्रतिकात्मक रूपमा भाषण दिए । बाहिर फायर गरिएको अश्रु ग्याँस क्यानिस्टरहरूमा बसेर खानले भिडियो सम्बोधन गरे  । सरकारले खानलाई सार्वजनिक जीवनबाट प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ । खानको सामूहिक आन्दोलनमा अथक रूपमा भाग लिने दृढ संकल्पले नै उनलाई प्रतिबन्ध लगाउन खोजेको हो ।

एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानी सरकारको अधिनायकवादी कार्यनीतिको निन्दा गरेको छ । जसमा खानका सबै भाषण र जुलुसहरू निषेध गर्ने, साथै ट्विटरमा सेनाको आलोचना गर्ने मानिसहरूलाई पक्राउ गर्ने समावेश गरिएको छ ।
खानलाई गिरफ्तार गर्नको लागि सर्वाङ्गीण आक्रमणलाई रोक्ने दुईवटा मुख्य कारकहरू छन् । वास्तवमा, यो सामान्य पाकिस्तानी नागरिकहरूमा मात्र नभई सैन्य रैंकभित्र पनि खानको लोकप्रियताको कारण हो कि पूर्व प्रधानमन्त्री हालसम्म बाँचेका छन् ।

सेनाका केही भागहरूमा खानको लोकप्रियता व्याख्या गर्न सजिलो छ । सेनाको विभिन्न स्तरमा अमेरिकाले आतंकवादको नाममा दोस्रो युद्धको आदेश मान्ने सैनिकहरू पूर्णतया सहमत नभएको देखिएको छ ।

उनीहरूले अफगानिस्तान र पाकिस्तानको उत्तरपश्चिममा आतंकवादको कुनै पनि सैन्य समाधानको लागि पहिलो दिनदेखि खानले गरेको सैद्धान्तिक विरोधको सधैं प्रशंसा गरेका छन् ।

सन् २०२२ भर खानको राजनीतिक दल, पाकिस्तान तहरीक–ए–इन्साफले सामन्ती परिवार वंश र अन्यको गठबन्धनको सबै देखिने राजनीतिक षड्यन्त्रहरूको विपरीत, लोकप्रियतामा द्रुत गतिमा अगाडि बढिरहेको देखिएको छ ।
पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानका पश्चिमा समर्थक अभिजात वर्गलाई चुनौती दिएका छन् ।

अमेरिकी प्रभावका राजनीतिक माफियाहरू, सैन्य शीर्ष अधिकारीका महत्वपूर्ण वर्गहरू र प्रमुख माफिया डनहरू खानसँग आक्रोशित छन् । खान आफ्नो प्रभावशाली क्रिकेट करियरमा लामो समय विदेशमा बसे । उनले अक्सफोर्डमा

अध्ययन गरे र पूर्ण अंग्रेजी बोल्छन् । तसर्थ, पाकिस्तानका पश्चिमीशैलीमा रहेका ‘वेस्टोक्सिकेटेड’ अभिजात वर्गले खानले पनि उनीहरूजस्तै व्यवहार गर्ने सोचेका थिए ।

यसको सट्टा, खानले देशका पश्चिमी–शिक्षित सम्भ्रान्तहरूले साधारण पाकिस्तानीहरूप्रति देखाउने दयालु मनोवृत्तिलाई अस्वीकार गरेका छन् ।

खानले सामाजिक न्याय र स्वतन्त्र विदेश नीतिलाई प्राथमिकतामा राख्दै नयाँ पाकिस्तानको पुनः कल्पना गर्न आफ्नो इमान्दारिताका कारण दशौं लाखलाई परिचालन गरेका छन् । अमेरिकाले पाकिस्तानलाई “आईएमएफसँग काम जारी राख्न’’ भनेको छ ।
यसैबीच पाकिस्तान गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति झण्डै सकिएको छ ।
सरकार आफैंलाई दिवालिया हुनबाट बचाउन अमेरिकाको वर्चस्व रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्तामा छ । मितव्ययिता र गरिबहरूलाई कर लगाउने सबै सम्बन्धित नीतिहरू – “संरचनात्मक समायोजन’’ अपेक्षित छन् ।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले मार्च ८ मा एक प्रेस ब्रिफिङमा अमेरिकाले पाकिस्तानको व्यापारिक वातावरणमा सुधार ल्याउने गरी गरिने सुधारहरू लागू गर्न आईएमएफलाई काम गरिरहन चाहेको बताएका थिए ।
अर्को शब्दमा भन्नुपर्दा, अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानले ज्याला घटाउने र सामाजिक खर्च कटौती गर्ने जस्ता नवउदारवादी आर्थिक नीतिहरू ल्याउन भनेको छ । इमरान खानको स्वतन्त्र विदेश नीतिले अमेरिकी माफिया डन रिसाएको छ । खानको विदेश नीति अमेरिकाका लागि अराजक बन्न पुगेको थियो । उनले रंगभेदी इजरायललाई वैध राज्यको रूपमा मान्यता दिन अस्वीकार गरे ।

उनले आर्थिक आवश्यकताका प्रत्यक्ष कारणहरूका लागि रूससँग सम्बन्ध सुधार गरे । यसको पछाडि फराकिलो मध्य एसियाली क्षेत्रमा भू–रणनीतिक स्थिरता प्रवद्र्धन गर्नु उद्देश्य रहेको थियो ।

खानले इरानसँग सम्बन्ध सुधारे र सहयोग गरे । इरानकोे क्रान्तिकारी गौरवको प्रशंसा पनि गरे । उनले चीनसँगको सम्बन्धलाई बलियो बनाए । एकै समयमा, खानले बारम्बार अमेरिकासँग मित्रवत सम्बन्ध बनाउन चाहेको बताए ।

तर, यी अन्य विदेश नीतिका उद्देश्यहरू माफिया डनलाई पूर्णतया अस्वीकार्य थियो ।

पाकिस्तान सन् १९६० को दशकदेखि चीनको निकटतम् सहयोगी रहेको छ । तर, अमेरिकालाई खुसी पार्ने इस्लामावादको तीव्र चाहना चीनको मुखमा प्रहार हो ।

शक्तिशाली सेना प्रमुख जनरल कमर जावेद बाजवा लगायतका पाकिस्तानी सैन्य अधिकारीहरूले अमेरिकी र बेलायती अधिकारीहरूसँग बैठक गरे ।

पाकिस्तानले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक समस्याहरूबाट गुज्रिरहेको छ । अमेरिकालाई अझै पनि थाहा छ कि दक्षिण एसियाली देशहरूमा विश्वको सबैभन्दा शक्तिशाली सेनाहरूमध्ये एक छ र एक आणविक शक्ति सम्पन्न देश पाकिस्तान हो ।

त्यसैले अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च २०२३ मा आयोजना गर्न लागेको दोस्रो दोस्रो “समिट फर डेमोक्रेसी’’ मा पाकिस्तानलाई भाग लिन लगाउने अमेरिकी सैनिक अधिकारीहरूको चाहना रहेको छ तर निर्वाचित सरकारलाई पदच्युत गरी बनेको यो सरकालाई निम्तो गर्न गाह्रो भएको कतिपयको भनाइ रहेको छ ।

प्रधानमन्त्रीको रूपमा, खानले बाइडेनको पहिलो शिखर सम्मेलनको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गरेका थिए । अमेरिकाका लागि पाकिस्तानको आफ्नै राजदूतको कुरो चुहिए अनुसार सन् २०११ मा बन्द भएको आफ्नो सैनिक शिविर पाकिस्तानमा फेरि अमेरिकाले खोल्न लगाउने चाहेको छ ।

चीन विरोधी पूर्वी तुर्कस्तान स्वतन्त्रता आन्दोलन वा काबुलमा बेइजिङ र तालिबान सरकारलाई समस्या दिने आईएसआईएस तत्वहरू जस्ता लडाकू समूहहरू पछ्याउने र कुनलाई एक्लै छोड्नुपर्छ भनेर अमेरिकाले पाकिस्तानलाई पनि निर्देशन दिइरहेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, अमेरिकाले पाकिस्तानलाई चीन–पाकिस्तान आर्थिक करिडोर र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा हुने कुनै पनि प्रगति हुन नदिन वा रोक्न भनेको छ । खान अमेरिकी हितमा सहमत नहुने देखिएको थियो । खानलाई सत्ताबाट हटाएपछि जनताको राजनीतिक चेतना तीव्र रूपमा बढेको छ ।

त्यसैले खानको हत्या गरिए वा कुनै न कुनै रूपमा गिरफ्तार गरिए वा उनलाई राजनीतिबाट अयोग्य गरिए नयाँ राजनीतिक चेतनाबाट प्रशिक्षित भइरेका पाकिस्तानी समुदायसँग अमेरिकालाई व्यवहार गर्न गाह्रो हुनेछ । उनीहरू अमेरिकाको नियन्त्रणमा भ्रष्टाचार, दण्डहीनता परिचालन हुन नदिने कार्यबाट अमेरिकी नेतृत्वको पश्चिमा शक्ति पाकिस्तानमा छक्क पर्ने देखिएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट