Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रासायनिक मलमा भएको मूल्यवृद्धिको फिर्ता लिन एमालेको माग


काठमाडौं, ५ चैत । नेकपा (एमाले) ले रासायनिक मलमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेको छ । एमाले कृषि तथा पशुपन्छी विकास विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिँदैआएको अनुदान भारी मात्रामा कटौती गर्ने निर्णयप्रति ध्यानाकर्षण गराएको हो ।

सो विभागका प्रमुख गिरधारीलाल न्यौपानेले गत फागुन २६ गते युरियामा प्रतिकेजी ११, डीएपीमा सात र पोटासमा नौ रुपियाँ मूल्यवृद्धि भएकोमा यसले कृषि उत्पादनलाई दुरुत्साहन गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपालमा करिब १७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक भएको तर यसको ५० प्रतिशत मात्र आवश्यकता मान्दा पनि करिब साढे चार लाख मेट्रिक टन मल आयात गर्ने गरिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यप्रति मेट्रिक टन १२०० बाट घटेर ५०२, डीएपी प्रतिमेट्रिक टन १३०० बाट घटेर ८३२, पोटास प्रतिमेट्रिक टन ९०० बाट घटेर ७३७ अमेरिकी डलर कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको अवस्थामा नेपाली किसानलाई मार पर्नेगरी मूल्यवृद्धि गर्ने निर्णयको औचित्य पुष्टि नहुने जनाइएको छ ।

एमालेले मलको मूल्य यथावत् कायम गर्दै आवश्यक मात्रामा मलको सहज आपूर्तिको सुनिश्चितता गर्न र कृषि उत्पादनको उचित मूल्यमा खरिद गर्ने कार्यक्रम लागू गर्न माग गरेको छ ।


क्याटेगोरी : कृषि, राजनीति
ट्याग : #amale

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट