Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेप्से परिसूचक ७.७९ अंकले वृद्धि


काठमाडौं, २९ जेठ । सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएर १९८७।८७ विन्दुमा अडिएको छ। आज २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार रकम आइतबारको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ४५ करोड ४३ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो।

आज १२६ कम्पनीको मूल्य घट्दा ८९ को बढ्यो भने बाँकी ८ को मूल्य स्थिर रह्यो। सामान्य अंकले बढेको सेयर बजारमा पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अभियान लघुवित्त वित्तीय, कालिञ्चोक दर्शन, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी,सिटी होटल र चन्द्रगिरि हिल्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो होटलको १५ करोड बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको १० करोड र शिव श्री हाइड्रोपावरको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ७को मूल्य घट्यो भने बाँकी ६ को बढ्यो। ​​​​​​​बैंकिङ, होटल्स एन्ड टुरिजम,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स र अदर्श उपसमूहको सूचक बढ्दा बाँकी ७ को मूल्य घटेको हो।


क्याटेगोरी : बैंक–विमा–स्टक
ट्याग : #nepse

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट