Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी घरमा पुग्यो


लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी उनको घरमा प्रवेश गरेको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि यसअघि गएको हप्ता पनि प्रहरी लाहोरमा रहेको खानको घरमा पुगेको थियो । तर खानका समर्थकले रोकेपछि प्रहरीले दुई दिनसम्म प्रयास गर्दा पनि पक्राउ गर्न सकेन । त्यसपछि खानले १८ मार्च अर्थात आज आफैं अदालतमा हाजिर हुने बताएपछि प्रहरी फर्किएको थियो । तर आज पनि खान अदालतमा हाजिर नभएपछि प्रहरी उनको घरमा पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

आज पनि खानको घरभित्रबाट उनका समर्थकहरुले प्रहरीमाथि गोली चलाइरहेका प्रहरीको दावी छ । राजकीय उपहार पाएका सामग्री गैरकानुनी रुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्याययिक टिप्पणी गरेको अभियोग खानमाथि लागेको छ ।

यसैबीच खानले एउटा भिडियो सन्देश जारी गरेर आफू अदालत गइरहेको भए पनि दुर्घटनाबस उपस्थित हुन नसकेको उल्लेख गरेका छन् । ट्वीटरमा १३ सेकेण्डको भिडियो पोष्ट गर्दै उनले अदालतमा आफू उपस्थित हुँदाको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट