Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मंगलवार पक्राउ पर्न सक्छु : डोनाल्ड ट्रम्प


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलवार पक्राउ पर्न सक्ने बताएका छन्। उनले आफ्ना समर्थकहरुलाई विरोध प्रदर्शनका लागि तयार रहनसमेत आग्रह गरेका छन्।

यद्यपि, ट्रम्पका कानुन व्यवसायीहरुले भने सरकारी अधिकारीहरुबाट यो विषयका बारेमा कुनै पनि जानकारी नआएको र ट्रम्पको भनाइ ुमिडिया रिपोर्टुअरुको आधारमा आएको बताएका छन्।

अमेरिकी संचारमाध्यमहरुले ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्न अधिकारीहरुले कागजपत्र तयार गरिरहेको र अर्को हप्तासम्म प्रक्रिया पूरा हुन सक्ने ुरिपोर्टु सार्वजनिक गरेका थिए। यदि ट्रम्पविरुद्ध मुद्दा दर्ता भए अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिविरुद्ध पहिलोपटक फौजदारी अभियोगमा मुद्दा चल्ने यो पहिलो घटना हुनेछ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको नाममा उनका वकिलले ‘पोर्न स्टार’ स्ट्रमी डेनियल्सलाई ठूलो रकम दिएको विषयमा यो मुद्दाको अनुसन्धान अघि बढेको हो। यससँगै ट्रम्पविरुद्ध अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको छ। ट्रम्पमाथि हाल अनुसन्धानमात्रै भइरहेको हो र, कुनै पनि मुद्दा भने दर्ता भएको छैन। ट्रम्पले भने आफूमाथि लगाइएका सबै अभियोगहरु झुटो भएको दाबी गरेका छन्।

ट्रम्पले सन् २०२४ मा फेरि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने अभियान सुरु गरिसकेका छन्। आफूविरुद्ध मुद्दा दर्ता भए पनि उनी उम्मेदवार बन्ने प्रतिस्पर्धामा हुनेछन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट