Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बङ्गलादेशमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु


बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

केही समयअघि मात्रै निर्माण गरिएको द्रुत मार्गमा यात्रुवाहक बस दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । तीव्र गतिमा रहेको बस सडकको रेलिङमा ठोकिएर खाडलमा खसेको बङ्गलादेशको प्रहरीले जनाएको छ ।

पुराना तथा नियमित मर्मत नगरिएका गाडी तथा खराब सडकका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गएको वर्ष बङ्गलादेशमा सडक दुर्घटनामा परि नौ हजार नौ सय ५१ जनाको ज्यान गएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट