Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बलिउड स्टार सलमान खानलाई ज्यान मार्ने धम्की, अपार्टमेन्ट बाहिर अस्थाई प्रहरी चौकी स्थापना


काठमाडौं, ७ चैत । बलिउड स्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ।

मुम्बई प्रहरीले मुम्बईको बान्द्रास्थित सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाएको हो। प्रहरीले अपार्टमेन्ट बाहिर अस्थाई प्रहरी चौकी समेत स्थापना गरेको छ। जसमा दुई जना सहायक प्रहरी निरीक्षक (एफआईआर) र १० जना हवल्दार खटाइएको छ। ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि सर्वसाधारणको आवतजावतमा पनि कडाइ गरिएको छ।

हालै सलमानलाई रोहित नामको मेलबाट ज्यान मार्ने धम्की आएको छ। इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उदधृत गरिएको छ, जसको उद्देश्यन खानलाई मार्ने रहेको बताइएको छ।

करिब एक वर्षअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो। सलमानसँग वाई श्रेणीको सुरक्षा छ। उनी आफ्ना निजी सहयोगीका साथ बुलेट प्रुफ गाडीमा मात्रै घरबाहिर निस्किन्छन्।

धम्की आएपछि प्रहरीले लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित ब्रारविरुद्ध एफआईआर दर्ता गरेको छ। साथै, प्रहरीले सलमानलाई कुनै पनि आउटडोर सुटिङ वा कुनै प्रमोशनल कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट