Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पश्चिमा देशहरू युक्रेन ध्वस्त होस् भनी चाहेको रुसको भनाइ


काठमाडौं । पश्चिमा देशहरूले युक्रेन ध्वस्त होस भनी चाहेको रुसले जनाएको छ ।

रुससँगको युद्धमा युक्रेनलाई प्रयोग गर्न युरेनियमका गोलाहरू बेलायती सरकारले बनाएको योजनाले युक्रेनको भविष्यको ख्याल गर्ने पश्चिमी दाबीहरू झूटो भएको भन्दै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यस्तो बताएकी हुन् ।

बुधबार रेडियो स्पुतनिकसँगको कुराकानीमा जाखारोभाले लन्डनको अभिव्यक्ति अन्तर्राष्ट्रिय मामिलामा अमेरिका र बेलायतको पूर्ण लापरवाही, गैरजिम्मेवारी र दण्डहीनताको संकेत भएको बताइन् ।

समाप्त भएको युरेनियमयुक्त हतियारहरू अधिक शक्तिशाली र अधिक छिर्न सक्ने क्षमताको मात्र नभइ यसका विकिरणले माटोलाई दूषित बनाउने वातावरणलाई समग्ररूपमा क्षति पु¥याउने र यस क्षेत्रमा बसोबास गर्ने धेरै पुस्तालाई असर गर्ने खालको भएको उनले बताइन् ।

उनले भनन् ि।“हामीले ती देशहरू अमेरिका र बेलायतबाट शान्ति, द्वन्द्वको समाधान, युक्रेनको भविष्य, युक्रेनी जनताको कल्याणको बारेमा सुनेका सबै कुराहरू झूट र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीबाट पूर्ण विचलन भएको पाएका छौँ । वास्तवमा, लक्ष्य पूर्ण रूपमा फरक छ, ”

अमेरिका र बेलायतको नेतृत्वमा रहेको पश्चिमा देशहरूले युक्रेन पूर्णरूपमा ध्वस्त भएको हेर्न चाहेको उनले बताइन् ।

सोमबार बेलायतको रक्षा राज्यमन्त्री अन्नाबेल गोल्डीले युक्रेनलाई च्यालेन्जर २ मुख्य युद्ध ट्याङ्कहरूको स्क्वाड्रन प्रदान गर्नुका साथै युरेनियम समावेश भएको गोला बारुद प्रदान गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै जाखोरोभाले युक्रेन ध्वस्त होस भनी पश्चिमाहरूको चाहाना भएको बताइन् ।

मंगलबार यस मुद्दाको बारेमा बोल्दै, राष्ट्रपति पुटिनले यदि लन्डनले आफ्नो योजनाहरू पालना गर्छ भने, “सामूहिक पश्चिमले परमाणु कम्पोनेन्टसहित हतियारहरू प्रयोग गर्न थालेको कुरालाई ध्यानमा राख्दै रसियाले तदनुसार प्रतिक्रिया दिन बाध्य हुने चेतावनी दिएका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट