Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भारतमा गिरफ्तार गरिएका पत्रकारहरूलाई रिहा गर्न अन्तर्राष्ट्रिय पत्रकार संगठनहरूको माग


काठमाडौं । भारतीको राष्ट्रिय अनुसन्धान नियोग एनआईएले २० मार्च २०२३मा कश्मीरी पत्रकार इरफान मेहराजलाई आतंकवादी कार्यहरूलाई वित्तीय सहयोग गरेको आरोपमा पक्राउ ग¥यो ।

एनआईएले पत्रकारलाई सानो सोधपुछ गर्नु छ भनी बोलाएर हिरासतमा लिइएको थियो । २१ मार्चका दिन उनलाई दिल्ली लगिएको थियो ।

स्वतन्त्र पत्रकारलाई कश्मीर गैर–लाभकारी संस्थाहरूबा बारेमा भइरहेकोे अनुसन्धानको क्रममा पक्राउ गरिएको एनआईएले जनाएको छ । एनआईएले धेरै संगठनहरूले आतंकवादी वा ’राष्ट्र विरोधी’ गतिविधिहरूलाई सहयोग गरेको थियो जसमा मेहराजको संलग्न रहेको छ । यो आरोपमा मेहराज विरुद्ध आतंकवाद, कोष सङ्कलन र सरकारप्रति असन्तुष्टि भड्काउने सम्बन्धमा भारतको गैरकानूनी गतिविधि (रोकथाम) ऐन, १९६७ को धारा अन्तर्गत मुद्दा दायर गरिएको छ ।

एनआईएका अनुसार, कश्मीर उपत्यकामा आतंकवादी संगठनहरूलाई एनजीओहरूबाट कथित रकमको प्रवाहको अनुसन्धान गर्न मुद्दा पेश गरिएको थियो।

अर्को घटनामा फतेहाबाद पत्रकार जसपाल सिंहलाई मार्च १८ मा गिरफ्तार गरिएको थियो । सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का राजनीतिज्ञ सुमित कुमारले कथित मानहानिको लागि पुलिसमा उजुरी दिएपछि उनलाई गिरफ्तार गरिएको हो ।

कुमारले पत्रकार सिंहले धेरै व्हाट्सएप समूहहरूमा उनका राजनीतिज्ञ पिता जुवा मुद्दामा संलग्न भएको समाचार फैलाएको आरोप लगाई मार्च १६मा उजुरी दायर गरेका थिए। प्रहरीले मानहानि, सूचना प्रविधि ऐन, र जातीय भेदभाव विरोधी कानून सहित विभिन्न आरोपमा सिंहलाई हिरासतमा लिएको थियो। पत्रकारलाई गिरफ्तार गरिएको घटनाको स्थानीय मिडिया सरोकारवालाहरूले आलोचना गरेका छन् ।

सोही हप्ता पत्रकार सञ्जय राणालाई पनि उत्तर प्रदेशमा गिरफ्तार गरिएको थियो । जब बीजेपी राज्य मन्त्री गुलाब देवी, मार्च १२ मा चुनाव प्रचार वाचा पूरा नगरेकोमा पत्रकारले प्रश्न सोधेका थिए । राज्यमन्त्रीलाई भनेजस्तो काम नभएको भनी प्रश्न सोधेकाले भाजपाका युवा नेता शुभम राघव द्वारा पत्रकार राणा विरुद्ध ऊजुरी दायर गरियो ।

घटनास्थलमा नभएका राघवले आफूलाई कुटपिट गरेको र ज्यानमार्ने धम्की दिएको ऊजुरी गरेपछि पत्रकारलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ ।

पत्रकारहरूको संगठन आईजेयुले भाजपा शासित राज्यहरूमा पत्रकारहरूलाई मौन र उत्पीडन गर्न कानुनी मार्गहरू प्रयोग गर्ने चलन बनेको जनाएको छ । पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने र राजनीतिज्ञहरूबाट जवाफदेहिता खोज्ने काम गर्न सक्षम हुनुपर्ने आईजेयुले जनाएको छ । जसपाल सिंहको गिरफ्तारीप्रति आइजेयू गम्भिर चिन्ता व्यक्त गर्दै सञ्जय राणाको गिरफ्तारीलाई शक्तिको अतिक्रमण भएको भन्दै आईजेयुले गिरफ्तारीको निन्दा तथा भत्र्सना गरेको छ ।

यसैगरी पत्रकारहरूको संगठन आईएफजेले भारतीय अधिकारीहरूलाई पक्राउ परेका तीन पत्रकारहरूलाई तुरुन्त रिहा गर्न र उनीहरूमाथि लगाइएका सबै आरोपहरू खारेज गर्न माग गरेको छ । राज्य र राष्ट्रिय सरकारहरूले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्धर््न गर्न र पत्रकारहरूले प्रतिशोधको डर बिना काम गर्न सक्ने सुनिश्चित गर्नका लागि आफ्नो दायित्व पूरा गर्नुपर्ने आईएफजेले भनेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट