Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

श्रीलङ्कामा स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगित


श्रीलङ्कामा स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । श्रीलङ्काको निर्वाचन आयोगले हिजो स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको हो ।

आयोगका सदस्यहरूको बैठकपछि निर्वाचन आयुक्त समन श्री रत्नायकेले चुनाव अब कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको जानकारी दिए । उनले आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने र त्यसपछि भावी कार्ययोजनाका बारेमा निर्णय गर्ने बताए । यसअघि सुरुमा मार्च ९ का लागि तय गरिएको थियो । तर सरकारले चुनाव खर्च उपलब्ध नगराएपछि चुनाव अप्रिल २५ का लागि तय गरिएको थियो ।

श्रीलङ्कामा स्थानीय निकायको चुनाव हरेक चार वर्षमा एक पटक हुने संवैधानिक व्यवस्था छ । यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पटक पटक स्थगित हुँदै आएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन् ।

प्रश्नपत्र छपाउन कागज किन्ने पैसा नभएपछि श्रीलङ्का सरकारले गएको वर्ष राष्ट्रिय परीक्षा समेत स्थगित गरेको थियो । इन्धन, खाद्यान्नलगायतको सङ्कट पनि अझै हटिसकेको छैन ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट