राहुल गान्धीको संसद पद खारेज

काठमाडौं ।भारतीय कांग्रेसका नेता राहुल गान्धीको संसद पद खारेज गरिएको छ ।
केरलाको वेनाडबाट लोकसभा सदस्य निर्वाचित गान्धीलाई एक अदालतले मानहानि सम्बन्धी फौजदारी अभियोगमा दुई वर्ष जेल सजायको फैसला सुनाएको एक दिन पछि उनको संसद पद खारिज गरिएको हो ।
गान्धीले २०१९ मा चुनावी ¥यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे टिप्पणी गरेकोमा गुजरात राज्यको अदालतमा दोषी ठहर गरेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया