Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु


अमेरिकाको मिसिसिपी राज्यमा आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । चार जना आँधीमा बेपत्ता भएका छन् भने थुप्रै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट अमेरिकाको शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाको ज्यान गएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको र मृतकको सङ्ख्या बढ्न सक्ने खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले जनाएका बीबीसीमा उल्लेख छ ।

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार अमेरिकाको ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य भइरहेको छ ।

मृतक र बेपत्ताहरूको सङ्ख्या निकै हुनसक्ने अधिकारीहरूले बताएका छन् । शुक्रवार देशभरका विभिन्न क्षेत्रमा चक्रवातको चेतावनी जारी गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट