Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको रहस्यमय मृत्युको पहिलो पटक तस्विर सार्वजनिक


काठमाडौं । रुसको सरकारी निकाय रुसियन स्टेट आर्काइभले सोमबार विश्वकै पहिलो अन्तरिक्ष यात्री युरी गागारिनको मृत्यु भएको ठाउँको पहिलो तस्विर सार्वजनिक गरेको छ ।

विश्वयुद्ध दोस्रोका दिग्गज हवाई चालक तथा परीक्षक भ्लादिमिर सेरेगनसँग पहिलो अन्तरिक्ष यात्री गागरिनको जेट विमान ५५ वर्ष पहिले जेट विमानको दुर्घटनामा मृत्यु भएको थियो ।

यो दुर्घटना २७ मार्च १९६८मा भएको थियो ।

रुसका भ्लादिमिर क्षेत्रमा मिग फिफ्टिन चलाइरहेका बेला उनीहरूको विमान दुर्घटनामा परेको थियो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । विमानको ठक्करबाट टुक्राटुक्रा भएको थियो । दुर्घटनाको आधिकारिक कारण आधिकारिक रूपमा कहिल्यै घोषणा गरिएन् ।

जसले गर्दा चालन प्रक्रियामा त्रुटि वा मौसमी बेलुनसँगको टक्करदेखि गुप्तचरसंस्था केजीबीको संलग्नता र एलियनसँगको भिडन्तमा उनीहरूको मृत्यु भएको कुरो रहस्य नै रहेको थियो र छ ।

अघिल्लो दिन नदेखिएका तस्बिरहरू अनुसन्धान आयोगले अर्को दिन खिचेको थियो ।

दुर्घटनास्थलमा छरिएका विमानका टुक्रा टुक्राहरू तस्विरमा देखिन्छ ।

तर तिनीहरूले पहिलो अन्तरिक्ष यात्रीको दुःखद मृत्युमा अझ बढी धेरै प्रकाश पार्दैनन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट