Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भारतको इन्दौरमा मन्दिरको छत भत्किँदा १३ जनाको मृत्यु


भारतको मध्य प्रदेशको इन्दौरमा एक मन्दिरको छत भत्किँदा १३ जनाको मृत्यु भएको छ । रामनवमीको अवसरमा लागिरहेको मेलामा अत्यधिक भिडका कारण मन्दिरको छत खस्दा १३ जनाको मृत्यु भएको हो ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले मन्दिरको छत भत्किँदा १० महिलासहित १३ जनाको ज्यान गएको बताए । अहिलेसम्म १९ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

रामनवमी मनाउन मन्दिरमा मानिसहरू जम्मा भएका थिए, त्यही समयमा मन्दिरमा रहेको छाना खसेको थियो । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट