Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ


द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्रोभीचलाई रुसले जासुसीको आरोप लगाएको छ । उनी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा यक्याटरिङबर्गमा कार्यरत थिए ।

द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । साथै उनमाथि लागेको आरोपलाई अस्वीकार गरी तत्काल रिहाइको माग गरेको छ । ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका र गोप्य सूचना सङ्कलन गरिरहेको रुसको दाबी छ ।

मस्कोको लिफोर्टोभो जिल्ला अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ । समाचार संस्था तासले पक्राउ परेका पत्रकार एभन ग्रेस्क्रोभीचले आरोप अस्वीकार गरेको जनाएको छ । द वाल स्ट्रीट जर्नलको यसै हप्ता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको प्रयासबारे चर्चा गरिएको छ । रुसमा जासुसीको अभियोगमा अधिकतम २० वर्षसम्म सजाय हुनसक्छ ।

युक्रेनमाथिको रुसी आक्रमण सुरू भएको १३ महिनामा क्रेम्लिन र पश्चिमा देशबीचको सम्बन्ध अझ तनावग्रस्त बनेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट