Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष रसिया बन्यो


अप्रिल १ तारिखमा रसियाले अध्यक्षता ग्रहण गरेको हो। तर युक्रेनसँग युद्धमा रहेको रसियाले सुरक्षा परिषदकै नेतृत्व गर्ने भएपछि युक्रेनले त्यसलाई संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’ भनेको छ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली मानिएको सुरक्षा परिषदको नेतृत्व अब रसियाले गर्ने भएको छ। विश्वमा शान्ति र सुरक्षा स्थापना गर्नु मुख्य दायित्व बोकेको यो परिषदको अध्यक्षता गर्ने पालो यो महिना रसियाले पाएको हो।

अप्रिल १ तारिखमा रसियाले अध्यक्षता ग्रहण गरेको हो। तर युक्रेनसँग युद्धमा रहेको रसियाले सुरक्षा परिषदकै नेतृत्व गर्ने भएपछि युक्रेनले त्यसलाई संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’ भनेको छ।

युक्रेनका विदेश मन्त्री डिमिट्री कुलेबाले रसियाको अध्यक्षता पाउने विषयलाई ‘अप्रिल फूल जोक’ को संज्ञा दिएका हुन्। उनले भने, ‘अन्तर्राष्ट्रिय सुरक्षाको नियमहरु उल्लंघन गर्ने राष्ट्र नै त्यो निकायको अध्यक्ष बनेको छ जसको मुख्य उद्धेश्य नै विश्वमा शान्ति सुरक्षा स्थापना गर्नु हो।’

सुरक्षा परिषदको अध्यक्षता देशको नामको सुरुको अक्षरको आधारमा १५ सदस्य राष्ट्रले पालैपालो गर्नेगर्छन्। यो परिषदको नियन्त्रण भने पाँचजना स्थायी सदस्य राष्ट्रहरुकोमा छ, जसमा रसिया र अमेरिका समेत छन्।

सुरक्षा परिषदको अध्यक्ष तटस्थ बस्नुपर्ने मान्यता छ। तर, अब भने रसियाले यो पदको गलत फाइदा उठाउँदै युक्रेनको समर्थनमा आउने प्रस्तावहरु अघि नबढाउन सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनविरुद्ध युद्ध अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ। यस्तो अवस्थामा परिषद्को नेतृत्वमाथि नै प्रश्न उठेको विश्लेषकहरु बताउँछन्।

रसियाको समर्थकहरुले भने सन् २००३ मा परिषदको अनुमति बिना नै अमेरिकाले इराकमाथि आक्रमण गरेको भन्दै बचाउ गरिरहेका छन्। अमेरिका परिषदको स्थायी सदस्य हो।

‘रसियाले अध्यक्षता ग्रहण गर्नु समस्या होइन। युक्रेनप्रति रसियाको व्यवहार चाहिँ समस्या हो,’ एक सुरक्षा परिषद् कूटनीतिज्ञले भने।

युक्रेनमाथि आक्रमण पश्चात रसियालाई सुरक्षा परिषद्को स्थायी सदस्यबाट हटाउनुपर्ने माग उठेको थियो। तर युएन चार्टरले सजिलै स्थायी सदस्यलाई हटाउने परिकल्पना गरेको छैन। भिटोको प्रयोग गरेर रसियाले अन्य राष्ट्रको प्रस्ताव सजिलै अस्वीकार गर्न सक्छ। अझ परिषदको स्थायी सदस्यमा चीनसमेत छ। रसियाको समर्थनमा चीन रहेकाले यस्तो दृश्य परिकल्पना बाहिर रहेको कूटनीतिज्ञ बताउँछन्।

रसिया र युक्रेनबिच युद्ध सुरु भएको ४०० दिनभन्दा बढी भइसकेको छ। तर, युद्ध अन्त्यको पहल हुनसकेको छैन।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट