Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भाजपा नेता राजु झाको गोली हानी हत्या


काठमाडौं, १९ चैत । भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेका छन्।

भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ। बर्धमानका एसपी कमनसिस सेनले भने, ‘गाडीमा राजु झासहित तीन जना सवार थिए। हत्याको कारण भने खुल्न सकेको छैन। सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ।

वाम मोर्चाको शासनकालमा झामाथि सिलपञ्चलमा अवैध कोइला व्यवसाय सञ्चालन गरेको आरोप लागेको थियो। उनी डिसेम्बर २०२१ मा भएको विधानसभा चुनाव अघि भाजपामा प्रवेश गरेका थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट