Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चीनद्वारा ताइवान जलडमरु क्षेत्रमा शैन्य अप्रेसन


काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले ताइवान जलडमरु क्षेत्रमा शैन्य अप्रेसन चलाएको छ। ताइवान जलडमरु क्षेत्रको उत्तर तथा मध्ये क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले संयुक्त क्रुस तथा पेट्रोल अपरेसन सुरु गरेको हो। फुजियान मरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले बुधवार विहान यस बारेमा जानकारी दिएको हो।

फुजियान प्रान्तको स्थानीय प्रशासनले विस्तृत विवरण बिना नै अप्रेसन सुरु भएको जानकारी दिएको हो। आइतबार मात्र पिएलएको इस्ट्रन थियटर कमाण्डले इस्ट चाइना सिमा लाइभ फायर ड्रिलका लागि दुई वटा ड्रिस्ट्रोयर र फ्रिगेट परिचालन गरिने घोषणा गरेको थियो।

ताइवानको रक्षा मन्त्रालयले भने सोमबारदेखि मंगलबारसम्म २० पटक चिनियाँ सेनाका एयरक्राफ्ट ताइवान क्षेत्रमा देखिएको बताएको छ। जसमध्ये एक हाइ अल्टिच्युड लङ रेन्ज अनक्रु एरियल भेइकल हर्विन बीजेडके–००५ रहेको बताइएको छ। त्यस्तै ८ फ्लाइटमध्ये सात वटा जे–१६ फाइटर र एक वाई–८ एन्टी सवमरिन वारफेर प्लेन रहेको बताइएको छ।

यसैबीच बुधबार स्थानीय समय अनुसार ताइवानी नेता तासी इन–वेनले अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैको विरोधमा पिएलएले ड्रिल चलाएको हो। बुधबार स्थानीय समयमा ताइवानी नेता तासीले सभामुखलाई रोनाल्ड रेगन राष्ट्रपतीय पुस्तकालय क्यालिफोर्नियमा भेट गर्ने कार्यक्रम रहेको छ।

अर्कोतर्फ ताइवानका पूर्व राष्ट्रपति १२ दिन लामो मुख्यमभूमि चीनको अनौपचारिक भ्रमणमा छन्। कुमिन्तानका नेतासमेत रहेका मा इिङ–चउ व्यक्तिगत भ्रमणका लागि मुख्यमूमि चीन पुगेका थिए। बुधबार मात्र उनी अन्तिम गन्तव्यको रुपमा सांघाई आएका छन्। उनी छोङछिङबाट बुधबार सांघाई आएलगत्तै याङसान पोर्टको अवलोकनका लागि गएका हुन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट