Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

युक्रेनका प्रथम उपविदेशमन्त्री झापरोभा भोलि भारत आउँदै


युक्रेनका प्रथम उपविदेशमन्त्री एमिने झापरोभा भोलि भारतको भ्रमणमा आउनुहुने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन्।

रुसबाट तेलका साथै सैन्य उपकरण आयात गर्दै आएको भारत रुसमाथिको निर्भरताबाट उम्कन सकेको छैन भने पश्चिमा देशहरुबाट एक्लिएको रुससँगको सम्बन्ध सन्तुलन चुनौतीपूर्ण बनेको छ । रुससँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले भारतलाई जटिल कूटनीतक स्थितिमा पुर्‍याएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतले युक्रेन र रुसबीचको वैमनस्यातापूर्ण सम्बन्धको अन्त्य हुनुपर्नेमा जोड दिए पनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन । यस अघि चीन पनि युक्रेनमाथी रुसी आक्रमणबारेमा तटस्थ रहँदा भारतलाई सम्बन्ध कायममा केही सजिलो भएपनि चीन स्पष्ट रुपमा रुसको पक्षमा उभिएपछि भारतलाई कुटनीतिक समस्या थपिएको हो । भारतमा रहँदा युक्रेनी उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा छलफल गर्ने भारतको बाह्य मामिला मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट