Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की


नयाँ दिल्ली, २८ चैत । सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई कल गरेर यस्तो धम्की दिएका हुन्।

अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए । यसअघि पनि सलमानलाई धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको छ। उनले सलमानको आधिकारिक मेलमा तीन वटा इमेल पठाएका थिए ।

यसमा लेखिएको थियो, ुसलमान खान अब तिम्रो पालो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै गरी मारिनेछौ । अर्को नम्बर तिम्रो हो। जोधपुर आउ।ु


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट