Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणले जापानमा खतरा पैदा


काठमाडौ । उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रक्षेपणले उत्तरी जापानमा खतराको भ्रम पैदा भएपछि त्यहाँको क्षेत्र खाली गराउने आदेश दिइएको छ।

पछि त्यो आदेश ३० मिनेटपछि फिर्ता लिइयो ।

होक्काइडोभरि साइरन बज्यो र बासिन्दाहरूलाई बिहीबार बिहान तुरुन्तै खाली हुन् भनियो।

अधिकारीहरूले उक्त क्षेप्यास्त्र टापु नजिकै खसेको र सो चेतावनी फिर्ता लिएको बताए।

उत्तर कोरियाले यस वर्ष करिब ३० वटा क्षेप्यास्त्र प्रहार गरिसकेकोले यस क्षेत्रमा तनाव बढ्दै गएको हो ।

क्षेप्यास्त्र मध्यम वा लामो दूरीको मानिन्छ । तर बिहीबार बिहान कुन हतियार परीक्षण गरिएको थियो भन्ने विवरण अझै सार्वजनिक गरिएको छैन।

जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सरकारले प्रक्षेपणबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने बताए।

यसैबीच, जापानी तटरक्षकहरूले उत्तर कोरियाको पूर्वमा मिसाइल पानीमा खसेको बताएका छन्। जापानका रक्षामन्त्री यासुकाजु हामादाले उक्त क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र माथिबाट उडेको हो कि भनेर पुष्टि गर्न नसकिने बताए ।

यो भर्खरको प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सेनालाई युद्ध प्रतिरोधमा “अधिक व्यावहारिक र आक्रामक“ तरिका अपनाउन आदेश दिएपछि आएको उत्तर कोरियाली सरकारी मिडिया एजेन्सी केसीसीएनएले जनायो ।

गत हप्तादेखि, उत्तर कोरियाले दक्षिण कोरियाबाट दैनिक दुई पटक फोन कलहरूको जवाफ दिइरहेको छैन । जसले सियोलमा सरकारलाई चिन्तित बनाएको छ।

दुई कोरियाले सामान्यतया दिनको दुई पटक सैन्य हटलाइन मार्फत फोकलहरू गर्दै आएका हुन् । यो उनीहरूको सेनाबीच झडप रोक्न अपनाइएको विधि हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट