Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चीन र यूएईद्वारा पाकिस्तानलाई एक अर्ब ३० करोड डलर बराबरको सहयोग घोषणा


पाकिस्तानलाई चीन र यूएईले गरी कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेका छन् ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन यूएईका अर्थमन्त्री इशाक डारले एक अर्ब डलरको प्रतिबद्धता जनाएका छन् ।

यस्तै, चीनले हिजो पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । पाकिस्तानले सन् २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ दशमलव ५ अर्ब डलरको बेलआउट प्याकेजमा हस्ताक्षर गरेको थियो, तर पटक–पटक सर्तबाट पछि हटेपछि अहिलेसम्म तीन अर्ब डलर मात्र प्राप्त गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

पाकिस्तानको अर्थतन्त्र राजनीतिक सङ्कटसँगै धराशायी भएको छ । पाकिस्तानी रूपैयाँमा उच्च गिरावट आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट