Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता


रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।

रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।

भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताएका छन् । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।

यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताएका छन् । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट