बिहारको मोतिहारीमा विषाक्त रक्सी खाँदा ३२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाको मृत्यु भएको छ । १४ जना भने गंभीर विरामी भएका छन् ।
गम्भीर बिरामी भएकाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिएका छन् ।
विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८ सय ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउने घटना यसअघि पनि हुँदै आएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया