Techie IT
  • ५ असार २०८१, मंगलबार
Jhilko

चीनको बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु


चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । ज्यान गुमाउनेमध्ये कति जना बिरामी थिए खुलिसकेको छैन ।

अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसअघि सन् २०१७ मा एउटा भवनमा भएको आगलागीबाट १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछिका वर्षमा चीनमा भएको यो अर्को ठूलो आगलागीको घटना हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट